Wed, 23 October, 2024

Notice for FEDWASUN WASH Journalism Award 2081


फेडवासन वास राष्ट्रिय पत्रकारिता पुरस्कार सम्बन्धी सूचना

यस खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले प्रदान गर्दै आएको ‘‘फेडवासन वास राष्ट्रिय पत्रकारिता पुरस्कार’’ यस बर्ष पनि महासंघको २२ औं स्थापना दिवस २०८१ भाद्र १० गते (२६ अगस्ट २०२४) को अवसरमा प्रदान गरिनेछ । सो पुरस्कार खानेपानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रमा गतबर्ष भरि प्रकाशित, प्रसारित सामग्री मध्येबाट छापा, टेलिभिजन, रेडियो र अनलाइन क्षेत्रका प्रत्येक विधामा उत्कृष्ट १-१ जना गरी जम्मा ४ जनालाई नगद तथा प्रमाण-पत्र सहित प्रदान गरिने भएकाले २०८० साल श्रावण १ देखि २०८१ आषाढ मसान्तसम्म प्रकाशित तथा प्रसारित लेख, रचना तथा श्रव्य दृश्य सामाग्रीहरुको प्रतिलिपि तथा प्रकाशन र प्रशारण भएको प्रमाण-पत्रको प्रतिलिपि सहित यही मिति २०८१ भाद्र ०५ गते भित्र महासंघको केन्द्रिय कार्यालय वा इमेलमा आइपुग्ने गरी उपलब्ध गराइ दिनुहुन संचारकर्मीहरुलाई अनुरोध गरिन्छ ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल
केन्द्रिय कार्यालय
जेसिस मार्ग, थापाथली, काठमाण्डौ
फोन नं: ०१-५३४९७२०
इमेलः info@fedwasun.org
वेवसाइटः www.fedwasun.org